"आयुर्वेद औषधि त हो नि " भन्ने हेलचेक्र्याइ भावले बजारिया भ्रममा परेर आफू खुशी औषधि न किन्नु होस्। किन कि आयुर्वेद रस पारो औषधि पनि बन्दुकको नालबाट निस्केको गोली समान हुनसक्छ ।
आयुर्वेद औषधि शक्तिशाली भैकन नित्य छ र निरन्तर पनि छ यसलाई जीवनोपयोगी बनाइ हितकारक सम्झी सुखायुको कामना गर्दै सेवन गर्ने गरौं ।
आयुर्वेद औषधिको प्रयोग गरौं,
SIDE-EFFECTS बाट बचौं बचाऔं
औषधि ब्यबस्था विभागद्वारा प्रमाणित औषधिको मात्र प्रयोग गर्ने बानी बसालौं ।
औषधि आफुखुशी किन्न भन्दा विषेशज्ञ डाक्टर , कविराज र वैद्यको सल्लाह बमोजिम किन्ने बानी बसालौं।
म गरिमा आयुर्वेद क्लिनिकको नियमित ग्राहक हुँ ।
मैले यस क्लिनिकदेखि सेवा सुविधा लिन थालेको १८ वर्ष जति नै भैसक्यो ।पसल शुरु गर्दाको शुरु ग्राहक नै मै हुँ ।
यसको सेवादेखी म सन्तुष्ट छु ।डाक्टरसँगको परामर्श , औषधि अनि अहिलेका थेरापी मसाज र पाइल्स सम्बन्धि उपचार विधि सबै उत्कृष्ट छन ।
यसो अन्त बुझ्दा भन्दा यस क्लिनिकको उपचार सेवा उत्कृष्ट लाग्छ।
मलाई केही वर्ष यता यी गोडा हात सुन्निने , झमझमाउने , निदाउने ,पोल्ने अनि कटकट खाने गर्थ्यो । यो कम्बर भन्नुहुन्छ भने चटक्कै चुँडिएला जसरी दुख्थ्यो ।
मैले धेरै ठुला ठुला हस्पिटल धाएँ । औषधि खाउन्जेल अलि सन्चो हुने , औषधि खान छोडेको भोलिपल्ट देखि नै फेरि उस्तै हुने ।
त्यसैले मैले आयुर्वेदको विकल्प उपचार खोज्दै यो गरिमा आयुर्वेद क्लिनिकमा आइपुगे । डाक्टर देखाएँ । भएभरको सारा रिपोर्ट हेर्नुभयो डाक्टरले अनि औषधिसँगै मसाज थेरापी कटीवस्ती जानुवस्ती अनि योगासन गर्दा धेरै कमहुँदै गएको छ ।
म अझै निर्मुल पार्न उपचारत नै छु ।
चौबीस घन्टै टाउको दुखिरहन्थ्यो ।
यी आँखाका दाना झिकेर पातमा राख्न पाए पनि सन्चो हुन्थ्यो कि जसरी दुख्ने ।रातभर पिटिक्कै निद्रा नलाग्ने । अल्छी मात्रै लाग्ने ।
अहिले सम्झेको कुरा अलिपर पुग्ने बित्तिकै बिर्सन्थे । यस्तो रोगले मलाइ एक वर्षदेखी सताइ रहेको थियो । कति धामी झाँक्री लगाए । हस्पिटलको औषधि खाएँ । औषधि खाउन्जेल मज्जाले निदाउने औषधि नखाए फेरि उस्तै ।म दिक्क भएको थिए ।
यहाँ आएर शिरोधारा , टाउकाको मसाज , अनि जलनेतीसँग केही दिन औषधि खाएँ अहिले चै ध्यान गर्न सिकाउनु भएको छ साथै योगासन प्राणायम पनि गर्न सिकाइदिनु भयो ।
अचेल औषधि खान्न । म पहिलाको जस्तै ठिक छु । धन्यवाद यश क्लिनिकलाई !
मेरो त अर्कालाई सुनाउनै लाज लाग्ने आन्तरिक रोग हजुर । धेरै सहेँ । एकदिन त दिशा गर्न गएको त्यही बाख्रा काटेको जस्तो रगतको खोलो बग्यो ।
घर आएँ । चौपट्टै दिशा गर्ने ठाउँ पोल्छ पनि दुख्छ पनि है । छाम्छु हल्का मासुको डल्लो जस्तो पनि भेट्छु । अनि डराएर घरको मान्छेलाई भने ।
उहाँले आयुर्वेदमा यसको उपचार हुन्छ भनेर मोबाइलबाट थाह पाउनु भएको रहेछ । त्यही भएर हामी यहाँ आयौं । डाक्टरले जाँच्नु भयो ।
पहिला सातदिनको औषधि दिनुभयो । त्यसले दुख्न पोल्न कम भयो । दिशा पनि खुलेर हुनथाल्यो । त्यसपछि फेरि बोलाकै दिन गयौ ।
डाक्टरले त्यो मासु न काटिदियो । न पोलिदियो , न त छाम्दा अचेल त भेट्दिन । आजभोलि त टन्न खान्छु । केही दुख्दा नि दुख्दैन । रगत पनि आउँदैन ।
चिलाउँदा नि चिलाउँदैन ।विसेक भएको छु ।
आज भक्तपुरको काैसलटार स्थित गरिमा आयुर्बेद फर्मामा बरिस्ठ पत्रकार श्री जिवराम भण्डारी ज्युँ आयुर्बेद सल्य विशेषज्ञ श्री dr, Ramesh Paudel ,ज्युँ,नेपाल आयुर्बेद औसधि ब्यबसायि संघका केन्द्रीय महिला सदस्य श्री Garima Ghimire ज्युँका साथै पाठ्यक्रम विकास केन्द्रका श्री Purushottam Ghimire ज्युँ सँगको बिशेष भेटघाट् |
हामी प्रख्यात आयुर्वेद चिकित्सक र शल्यचिकित्सकहरूको टोलीसँग नयाँ क्लिनिक सेटअप र विस्तारित सेवाहरूको साथ भोलि पुन: खोल्दै छौं।
जलौका अवचरण / Leech therapy. आयुर्वेदमा सस्त्रहरुको(धारिला औजार) प्रयोग नगरी गरिने रक्तमोक्षणको प्रक्रिया अन्तर्गत जलौका अवचरण पर्दछ। जलौका अवचरणमा एक विशेष खालको जुका प्रयोग गरिएको हुन्छ जुन विषादी रहित हुन्छ ।
कुनै पनि जानकारीकालागि हामीलाई तल दिएको CONTACT सम्पर्क गर्नुहोस्
Kaushaltar, Bhaktapur
hemanta.gautam.125.com
9841494287
© SG.All Rights Reserved.
Designed by suhrit1ghimire@gmail.com